विराटनगर जुट मिल्स भित्रको विवाद चर्कियो


विराटनगर । विराटनगर जुट मिल्स पूराना मेशिनलगायतका सामग्री बिक्री वितरणमा अविलम्ब रोक्नुपर्ने मिलका पूर्व कर्मचारी लगाएत स्थानीय नागरिकले माग गरेका छन् ।

मिल्स बचाउ अभियान समिति विराटनगर–१६ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जुट मिल सञ्चालक समितिका अध्यक्षले अनियमित रुपले मिल्सको मेशिन र पार्टपुर्जा बेचबिखन गरेको, जग्गा प्लटिङ गरी बिक्री गर्न खोजेकाले अविलम्ब रोक्नुपर्ने जनाएका हुन्।

अध्यक्ष धर्मानन्द सञ्जेलले कानूनीरुपमा बेचिएको विराटनगर जुट मिल्सको शेयर अविलम्ब खारेज गरी नेपाल सरकारको साबिक ६८ प्रतिशत शेयर कायम गर्नुपर्ने, विराटनगर जुट मिल्सको चलअचल सम्पत्तिको संरक्षण र दीर्घकालीन रुपमा उद्योग सञ्चालन गर्नुपर्ने बताए। त्यसमा थप्दै कार्यरत कामदार कर्मचारीको बाँकी रहेको रकम भुक्तानी हुनुपर्ने र विराटनगर जुट मिल्समा हाल भइरहेको अनियमितताका छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने चारबुँदे माग पूरा हुनुपर्ने पनि बताए ।

अभियानका सचिव हिमाल शेर्पाले राखेको माग पूरा हुनु नभए शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रमको घोषणा गर्ने जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार