कार्यक्रमको यस अघिको श्रृङखलामा काठमाडौको कंलकी चोकमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुट्दै गरको भिडियो प्रशारण ग¥यौ ।
कलंकी चोकमा लेन क्रस गरेका पवनसिंह बस्नेतलाई ड्युटीमा खटिएका मंगल चौधरीले सडकमा लडाएरै कुटेका थिए ।
हामीले रिपोर्टीङको क्रममा अनुसन्धान गर्दा ट्राफिक प्रहरी र कुटीने पवनसिह बस्नेतले यो घटना गुपचुपा पार्न खोजेका थिए । ट्राफिक प्रहरीले सामान्य विवाद भन्दै एक दिन थुनामा समेत बसेका स्यम पवनसिंह बस्नेतले आफुले कुटाइ नखाएका बताएका थिए
यो बिषयमा हामीले कंलकी स्थीत ट्राफिक प्रहरी प्रभागका इन्सपेक्टर बिमल थापासँग कुरा गर्दा उनले पवनसिंह बस्नेतले सामान्य विवाद भएको भन्दै पवन सिंह बस्नेतले ट्राफिक जवानमाथी हात पात गरेको उल्टो आरोप लगाए ।
ट्राफिक प्रहरीले सवै तिरबाट आफ्नो बचाउ गरिरहे पनि भिडियोले भने सत्य बोलिसकेको छ । यदि पवनले ट्राफिक प्रहरी मंगल चौधरी माथि हातपत गरेका थिए भने किन उन्ले पवनलाई प्रहरी हिरासतमा लिएन्न् ।
उनि उल्टो घटना स्थल छाडेर गईरहेका बेला पवन आफै आएर किन हातपात गरेको भनि सोधिरहेका बेला उल्टो मंगल चौधरीले कुटपिट गरेको भिडियोले स्पष्ट बोलिरहेको छ ।
लाईभ कार्यक्रममा कलंकी ट्राफिक प्रहरी ईन्चार्ज विमल थापाले शुरुमा पवनले आक्रमण गरेको भनि आफ्नो बचाउ गरेपनि हामीले रिपोर्ट प्रशारण गरेपछि ट्राफिक मंगल चौधरी माथि कार्वाही भईरहेको छ ।
कलंकीका ट्राफिक ईन्चार्ज विमल थापाकै अनुसार मंगल चौधरीलाई कार्वाहीको प्रकृया अघाडि बढीसकेको छ ।