मुगु जिल्ला अस्पतालमा एक करार डाक्टरको भर


मुगु । कोही नभएर समस्यामा छन् त हुनेहरु भएर पनि समस्यामा छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मुगुमा यस्तै समस्या छ ।

अस्पतालमा तीन वटा एक्सरे मेसिन छ । तीन वटा मेसिन मध्ये एउटा पुरै थन्किएको छ । बाँकी रहेका दुई वटा मेसिन पनि संचालनमा छैनन् । कारण, मर्मत गर्ने जाँगर नहुनु । यसको मार सेवाग्राहीले भोग्नु परेको छ ।
सोरु गाँउपालिका वडा नम्बर २ नार्थपुका धर्मबहादुर बुढाले गर्भवति श्रीमतीलाई चेकजाँच गराउन जिल्ला अस्पताल मुगु लिएर आएको दुई हप्ता वितिसक्यो ।

अझै पनि गर्भवती श्रीमतीको एक्सरे हुन सकेको छैन । अस्पतालका चिकित्सकलाई मतलव छैन । बरु, सदरमुकाम बसाई लम्बिएपछि धर्मबहादुरको खर्चले सिमा चाहिँ नाघिसक्यो ।

सोरु गाँउपालिका सिप गाँउकी सान्तना खत्री भेटमा समस्या आएपछि चेकजाँचका लागि जिल्ला अस्पताल आएको निक्कै दिन भइसक्यो । तर, सान्तनाको पेटको एक्सरे कहिले हुने हो अत्तोपत्तो छैन ।

अस्पताललाई पनि हाइसन्चो । मेसिन बिग्रियो भन्यो, बिरामीलाई घर फर्कायो, काम नगरी हाजिरा बसाल्यो, यत्ति गरे पुग्छ । जिल्ला जनस्वास्थ्य कार्यालयलाई भने मेसिनलाई दोष लगायो, पुग्यो ।

अस्पताल संचालन गर्न अस्पताल बिकास समिति बनेको छ । बिकास समितिको अध्यक्ष हुन ः केशरजंग शाही । उनी भन्छन् ः अस्पतालको नयाँ भवन बन्दै गरेकाले एक्सरे मेसिन मर्मत गरेर संचालन गर्न समस्या भयो ।

एउटा मेसिन त संचालन नै नहुने भयो, ठिकै छ । बाँकी दुई मेसिन संचालन गर्ने जाँगर भए समस्या ठूलो होइन । काठमाडौंबाटै सामान लैजान पनरे पनि आजको युगमा के समस्या ? तर, खाँचो रहयो, इच्चा शक्तिको छ ।

त्यसो त अस्पतालको मेसिन मात्र बिग्रिएको होइन । भन्दै पर्दा अस्पताल नै बिरामी छ । अस्पलतामा दुई डाक्टरको दरबन्दी छ । दरवन्दीवाला दुई डाक्टरहरु सरुवा भइसके । तीन करारका डाक्टर मध्ये २ जना तालिम र एक जना मात्र जिल्लमा ।

अहिले ओजेटीमा आएका एक बिद्यार्थी डाक्टरको भरमा जिल्ला जनस्वास्थ्य कार्यालय मुगु चलिरहेकोछ । यस्तै–यस्तै समस्याले सेवाग्रही मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार