भाईरलका कारण जाजरकोटमा थप एकको मृत्यू


जाजरकोट। जाजरकोट जुनी चाँदे ३ मा भाईरलका कारण थप एक जनाको मंगलवार विहान मृत्यू भएकोे छ ।
जुनीचाँदे गाउँपालिका ३ का का ५८ वर्षीय लालवहादुर भण्डारीको मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णवहादुर खत्रीले जानकारी दिए । मृतक भण्डारी तीन दिनदेखि विरामी थिए ।

अहिले जुनीचाँदे गाउपालिकाको विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरि उपचार कार्यसमेत जारी रहेको खत्रीले जानकारी दिए ।
यो सहित मृत्यू हुँनेको संख्य १२ पुगेको छ । वालवालिका र वृद्धलाई भाईरलले निकै सताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार