झापाको दमकमा १ शरणार्थी मृतावस्थामा फेला

दमक । झापाको दमकमा आज एक भुटानी शरणार्थी युवक मृत फेला परेका छन् ।

भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नं २३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेला परेका हुन् ।

सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण केही नखुलेको र अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार