डा गोविन्द केसीलाई बयानका लागि अदालत लगियो


काठमाडौं । सोमबार अनसनस्थलबाटै पक्राउ परेका डा गोविन्द केसीलाई बयानका लागि सर्वोच्च अदालत लगिएको छ।

सोमबार राति पक्राउ पछि महानगरी प्रहरी बृत्त सिंहदरबार राखिएका केसीलाई आज साढे ८ बजे नै अदालत पेश गरिएको हो।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेपछि अदालतको मानहानी भन्दै उनलाई पक्राउ गर्न हिजो आदेश दिइएको थियो।

डा केसीले चार वर्षअघि बरखास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्बहाली गरेपछि सोको विरोध गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार