काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई यसको आणविक हतियार परित्याग गर्न बाध्य बनाउनका निम्ति कडा मिहिनेत गर्न चीनसँग आग्रह गरेका छन् ।
बेइजिङ आयोजित ब्यापारिक समुदायसँगको वैठकमा बोल्दै उनले व्यापार घाटाको सन्दर्भमा अमेरिकाबाट फाइदा लिएकोमा चीनलाई आरोपित नगर्ने पनि बताए ।
आफ्नो एशिया भ्रमणका सिलसिलामा ट्रम्प हाल चीनमा छन् । बेइजिङमा भव्य स्वागतपछि उनले बिहिबार चिनियाँ राष्ट्रपति शी जिनफिङसँग वार्ता गरेका थिए ।
वार्ताका क्रममा ट्रम्पले उत्तर कोरियाको यस क्षेत्रमा त्राशलाई कसरी सामना गर्ने भन्ने विषयमा प्रमुख जोड दिएका थिए । चीन प्योङयाङको प्रखुम आर्थिक साझेदार हो ।
शी र ट्रम्पले दुई देशबीच दुई सय ५० डलरको व्यापारिक सम्झौता भएको घोषणा गरेका थिए ।
यसअघि पाँच राष्ट्रको भ्रमणका क्रममा ट्रम्पले उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम अन्त्य गर्न आग्रह गरेका थिए । साथै उनले अमेरिकालाई थप चिढ्याउने काम नगर्न चेतावनी दिँदै भनेका थिए, ‘हामीलाई परिक्षण नगर ।’