कैलाली । धनगढी उप–महानगरपालिकाका कार्यकारी अधिकृत प्रमुख प्रशासकीय अधिकृत) कृष्णप्रसाद गौतमले आतंक मच्चाएकाछन् । कार्तिक ११ गते उप–महानगरपालिकामा हाजिरभएका गौतमले सेवग्राहीप्रति दुब्र्यवहार गर्ने गरेकाछन् ।
काम विशेषले उप–महानगरपालिका पुगेका सेवाग्राहीप्रति दुब्र्यवहार गर्दै समयमा काम नगर्ने गरेको गुनासो बढ्दै गएको छ । सेवाग्राहीले लगेका फायलहरु प्रक्रिया नपुगेको भन्दै फाल्दीने गरेकाछन् । फायलमा कुन कागजहरु पुगेन कुन ठाउँबाट ल्याउनुपर्ने हो सो कुराको कुनै जानकारी नदिईकन फाइल प्mयाक्ने गरेको सेवाग्राही बताउँछन् ।
उप–महानगरपालिकामा सर्वधारण मानिसहरु आफ्नो काम लिएर जाने गरेकाछन् । तर कार्यालय प्रमुखको यस्तो हर्कतले सेवाग्राही दुःखी हुने गरेको एक प्रत्यक्षदर्शीले बताए ।
जिविस डोटीबाट सरुवा भएर आएका कार्यकारी अधिकृत गौतमको कार्यशैलीप्रति आम नगरवासी समेत सन्तुष्ट छैनन् । उनले आफू बाहेक अरु जान्नेपनि कोही नभएको जस्तो गरेर अरुलाई होच्याएर ब्यावहार गर्ने गरेकाछन् । जनप्रतिनिधि आएपछि सेवाग्राहीले सहजरुपमा सेवा पाउने आशा गरेका थिए तर कार्यालय प्रमुख गौतमको ब्याहारले जनप्रतिनिधिहरु पनि निकै दुःखी भएकाछन् ।
पटक पटकको सुध्रने मौका दिंदा पनि व्यवहारमा परिवर्तन नआए नगर वासीले अधिकृतलाई कालोमोसो लगाएर बजार परिक्रर्माको चेतावनी समेत दिएका छन् ।