एयर एसियाले तिर्‍यो दुई करोड

काठमाडौं । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ।

बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धतासमेत उसले गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त कार्यालय प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड तिरेको र सोमबार १० करोड रुपैयाँ तिर्ने मौखित सहमति गरेको जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट देनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार