युएईबिरुद्धको खेलका लागि २८ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको खेलका लागि २८ खेलाडी सुरुवाती छनोटमा परेका छन् ।

नेपालले युएईसँग आगामी डिसेम्बरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका दुई खेल खेल्नेछ ।

युएईमा रहेका बेला नेपाली टोलीले अमेरिकासँग डिसेम्बर एकमा र केन्याबिरुद्ध डिसेम्बर तीनमा मैत्रिपूर्ण खेल खेल्नेछ ।

अहिलेको बन्द प्रशिक्षणमा २८ जना खेलाडीलाई बोलाइएको छ । जसमा सिद्धान्त लोहनीसहित २६ जनाको नाम सार्वजनिक गरिएको छ भने मलेसियामा शुक्रवारबाट आयोजना हुन लागेको यू-१९ एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने दुई जनालाई पनि क्याम्पमा मौका दिइनेछ ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ । सुरुवाती चरणमा क्याम्पमा बोलाइएका खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, बसन्त रेग्मी, बिनोद भण्डारी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, आरिफ शेख, ललित सिंह भण्डारी, शुसान भारी, सुशील कँडेल, नरेश बुढाएर, शक्ति गौचन, जितेन्द्र मुखिया, मेहबुब आलम, सौरभ खनाल, हसिम अन्सारी, सिद्धत लोहनी, दिलिप नाथ, बिक्रम सोब, सुनिल धमला, अनिल मण्डल र कुशल भुर्तेल छन् । टोलीका अनुभवी खेलाडी शक्तिले चोटपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार