तीन लाख रुपैयाँ लिएर श्रीमती बेपत्ता

विराटनगर । मोरङमा नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् । बूढीगंगा–२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी दिए ।

एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन सन्तानकी आमा भएकी अनिता बेपत्ता भएपछि छोराछोरी बिच्चलीमा परेको उनले बताए । बेपत्ता भएकी श्रीमतीलाई खोजी गरिदिनका लागि प्रहरीमा जाहेरीसमेत दिएको भए पनि अहिलेसम्म फेला नपरेपछि पत्रकार सम्मेलन गर्नुपरेको उनले दाबी गरे ।

गिरानन्द पासवानअनुसार श्रीमती बेपत्ता हुनुअघि मोबाइलको कल डिटेल हेर्दा एकजनासँग ६४५ पटक फोन सम्पर्क गरेको पाइएको जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार