गुल्मीमा १८ प्रतिशतले सुन्तला उत्पादन बुद्धि, प्रति किलो ९० रुपयाँसम्म बिक्री

गुल्मी । गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको छ । जिल्लामा यस वर्ष तीन हजार १०६ टन सुन्तला उत्पादन भएको छ ।

जिल्ला कृषि बिकास कार्यालय गुल्मीका अनुसार यो वर्ष गत वर्ष भन्दा १८ प्रतिशतले सुन्तला उत्पादन बुद्धि भएको हो ।

जिल्लाका बिभिन्न गाविसहरुमा लगाइएको सुन्तला खेती मध्ये अहिले ३५ प्रतिशत सुन्तला टिप्न बाँकी रहेता पनि पछिल्लो संकलित बिबरणअनुसार उत्पादन बृद्धि बढेको हो । जिल्लामा गत वर्ष २ हजार ६३२ टन उत्पादन भएको थियो ।

जिल्लामा सुन्तला उत्पादन बृद्धिदर बढनुमा सुन्तला खेत तर्फ किसानहरु आकषिर्त हुनुु तथा व्यवस्थित तरिकाले खेती गर्नुसँगै जिल्ला कृषि बिकास कार्यालय गुल्मी र कृषि सहकारी, कृषक बाट बगैचा सुदृढिकरण, मल, किटनासक बिषाधि प्रयोग, बिरुवा काटछाट गरिएको र वर्षात बढी भएको, हावाहुरी कम भएकोले उत्पादनमा बृद्धि भएको जिल्ला कृषि बिकास कार्यलय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिए ।

जिल्लामा उत्पादन सुन्तला १० करोड ९८ लाख ५७ हजारको कारोबार भएको अधिकृत महतोले जानकारी दिए । जिल्लामा उत्पादन भएको सुन्तला हाल प्रतिकिलो ३५ रुपयाँदेखि ९० रुपयाँसम्म बिक्री हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार