बसको ठक्करबाट २५ वर्षीया युवतीको मृत्यु


कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ मा बसको ठक्करबाट आज बिहान एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट धनगढीतर्फ आइरहेको ना५ख ७६९२ नंको सुदूरपश्चिम यातायातकोे बसको ठक्करबाट लम्कीचुहा नगरपालिका वडा नं १ भुरुवाकी २५ वर्षीया धउली खनालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । उनले बाटो काट्ने क्रममा तीव्र गतिमा आइरहेको बसको ठक्करबाट खनालको मृत्यु भएको बताए ।

बस र चालकलाई नियन्त्रण लिएको लिइएको छ भने मृतकका आफन्तले क्षतिपूर्तिसहित चालकामाथि कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार