करीनाको फोटो भाइरल बन्दै


भर्खर मात्र आमा बनेकी बलिउडकी चर्चित नायिका करीना कपुरको तश्वीरहरु यति बेला चर्चामा रहेको छ । शैफअलि खान सँग विवाह गरेकी करीना भर्खर मात्र आमा बनेकी हुन् । तर यतीबेला करीना कपुरको विकिनी अवतारले सञ्चार माध्यम र सामाजिक संजालामा हंगामा मच्चाइरहेको छ ।

आमा बनेको केही समयमै करीनाले आफ्नो शरीर मेन्टेन गर्न सफल भएकी हुन् । यती छिटै आफूलाई ग्ल्यामरस् देखाउन सफल भएकी करीनाको यो विकिनी सुट वोग म्यागजिनका लागि गरिएको थियो। उनको यो रूपलाई कतिपयले आलोचना समेत गरेका छन् । शरीरलाई पहिलाकै रूप दिनको लागी उनले छोरा तैमुर जन्मेको केही दिनमै जिमा जान थालेकी थिइन् । यती मात्र नभएर उनी दिनको १३ घण्टा व्यायाम गर्छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार करीना पछिल्लो समय आफ्नो पति सफै र छोरा तैमुरसँग युरोपमा छुट्टी मनाईरहेकी छिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार