शीतलहर र भाइरलबाट मृत्युप्रति प्रचण्डद्वारा दुःख व्यक्त


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई–मधेशका जिल्लाहरुमा शीतलहर र जाजरकोटमा भाइल ज्वरोका कारण दर्जनबढी नागरिकको ज्यान गएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शीतलहर र झाडापखालाका कारण ज्यान गुमाउने नागरिकमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत र उपचारका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

यस्तै प्रचण्डले पीडितलाई सहयोग गर्ने काममा परिचालित हुन पनि स्थानीय पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार