लमजुङमा पिपलको प्रयोग बढ्दै


लमजुङ । सभा, समारोह, सम्मान, स्वागत लगायत कुनै पनि औपचारिक तथा अनौपचारिक कार्यक्रममा फुलामाला, खादाले सम्मान गर्ने परम्परा छ, नेपाली समाजमा । कुनै पनि कार्यक्रम सञ्चालनका लागि अतिथिको स्वागत तथा सम्मानका लागि लागि व्याच र खादाको नै प्रयोग हुन्छ । तर स्थानीय स्तरमै उपलव्ध हुने फुलका साथै पिपलको पातले पनि अतिथि सत्कार गर्न सकिने उदाहण दिएका छन् लमजुङ कृषि क्यापसका विद्यार्थीहरुले ।

जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख कृष्णभद्र अधिकारीलाई केही समयअघि लमजुङ कृषि क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा अतिथिको रुपमा जाँदा क्याम्पसका विद्यार्थीहरुले पिपलको पातमा टिपेक्सले अतिथि लेखेको व्याच हातमा थमाए ।

केही नौलो लागेपनि अतिथिहिरुले व्याच छातीमा सजाए । पिपलको पातबाटै अतिथि सत्कारको नयाँ काईदा उहाँलाई मन पर्यो । अतिथि सत्कारको यो नयाँ काईदालाई धेरैले राम्रो माने पनि ।

नेपाली समाजमा पिपललाई धार्मिक महत्वको रुपमा लिईन्छ । पिपललाई पवित्र मानिन्छ । पिपलको पातलाई अतिथि सम्मानका लागि व्याचको रुपमा प्रयोगमा ल्याईनु आफैँमा राम्रो रहेको सुन्दरबजार नगरपालिकाकी उपमेयर ज्ञान शाह बताउनुहुन्छ । कुनै पनि कार्यक्रममा अतिथि सम्मान तथा स्वागतका लागि गाउँघरमै पाईने फुलको पनि उपयोग गर्न सकिने सरोकारवालाहरु बताउँछन् ।

स्थानीय रुपमा सहजै उपलव्ध हुने फूलको प्रयोग गर्न सके व्याचमा खर्च हुने रकम जोगिने र कार्यक्रम कम रकममा सम्पन्न गर्न सकिने सरोकारवालाहरु बताउँछन् । पिपलको पातबाट व्याच बनाउने तरिका र यसको फाईदाबारे कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी दीपक खनालको धारणा यस्तो छ ।

कुनै पनि कार्यक्रम सञ्चालनमा व्याच खरिदमै खर्च हुन्छ । तर स्थानीय स्तरमै सहजै उपलव्ध हुने पिपलको पातलाई व्याचको रुपमा प्रयोगमा ल्याउन सकेमा समय र पैसा दुवैको वचत हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार