विद्युत् मिटर पड्केर आगलागी

सिमरा, बारा । जितपुर सिमरा उपमहानगरपालिका–८ मा आइतबार विद्युत् मिटर पड्केर एक घरमा आगलागी भई लाखौँको क्षति भएको छ ।

स्थानीयवासी रमेश रायले वडा नं ८ मा रहेको लालबाबु रायको घरमा विद्युत् मिटर पड्केर दुई लाख बराबरको क्षति भएको बताउनुभयो ।

विद्युत् मिटर पड्केको बेला घरमा कोही नरहेको स्थानीयवासीले बताएका छन् । आगलागीमा चामल, लत्ताकपडा, मोबाइल, भाँडावर्तनसमेत जलेर क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार