नेपालको चीनसँगको व्यापारघाटा उकालो लागिरहेकै समयमा चीन निकासी हुने सामानको परिमाण पनि घटेको छ।
बढ्दो आयात र घट्दो निर्यातका कारण चीनसँगको व्यापार घाटा निरन्तर बढेको हो।
नेपालबाट यार्सागुम्वा, जडीवुटी, गलैंचा, कफी, चियालगायत सामान चीन जाने गरेको छ।
२०७२ सालमा आएको भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारघाटा निरन्तर बढ्दै गएको छ।
आव २०७०र०७१ मा दुई अर्ब ५४ करोड रुपैयाँको सामान चीन गएको थियो।
आव २०७३र०७४ मा यो मूल्य घटेर एक अर्ब ७० करोडमा झरेको छ। आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
पत्रपत्रिकाबाट