काठमाडौ । हरेक दिन एक स्याउ खानाले बिरामी हुनबाट बच्न सकिन्छ । स्याउ विभिन्न पोषकको तत्वले भरिपूर्ण भएकोले शरीर तन्दुरुस्त राख्नको साथै पाचन क्रियाको स्वास्थ्य राख्न मदत गर्छन् ।
स्याउको सेवनले रोग प्रतिरोधक क्षमता बढाउछ । यसको सेवनले यसरी फाइदा पुर्याउछन् ।
मोटोपन
मोटोपन कम गर्न स्याउले महातोपूर्ण भूमिका खेल्छन् । मानिस मोटो भएमा हृदय रोग, डायबिटीज, बीपी आदि रोगको सुरुवात हुन् थाल्छन् । यी कुराहरुबाट बच्न स्याउ खान जरुरि पर्दछन् । स्याउले शरीरलाई तन्दुरुस्त बनाउन सहयोग गर्छ ।
मोतियाविन्दु
स्याउको सेवनले आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउन मद्दत गर्छ । आँखासम्बन्धि अन्य रोग पनि लाग्न दिँदैन ।
पित्तथैलीको पत्थरी
पित्तथैलीमा जमेर बसेको कोलेस्टेरोललाई बाहिर निकाल्न मद्दत गर्छ, जसले गर्दा पित्तथैलीमा पत्थरी हुन पाउँदैन ।