गोरखाको मनकामना मन्दिरमा १८ किलो सुनको जलप लगाउने काम शुरु

गोरखा । गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ । मन्दिरको छानामा रहने तामाको पातामा सुनको जलप लगाउने कार्य शुरु गरिएको समितिका सचिव प्रेमकुमार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो, “एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व विभागको मापदण्डअनुसार नै जलप लगाएका छौँ ।” पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त छन् ।समितिले साढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइराख्ने हो भने कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाको पातामा लगाएको सुनको जलप कम्तीमा एक सय वर्ष पहेँलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको विष्टीले भने बिगार्ने बताइन्छ ।

अहिलेसम्म १३ वटा तामाको पातामा सुनको जलप लगाइसकेका छ। सुन तथा जलप लगाएका पाताहरु सुरक्षित तवरले भण्डारण गरिएको छ ।” मन्दिरको छानो चार हजार स्क्वायरफिट रहेको छ । मन्दिरलाई आवश्यक पर्ने पाता काठमाडौँका सुन्दरकृष्ण शाहीले दान दिनुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार