योगेश भट्टराईले दुई अक्षय कोषको स्थापना गरे


काठमाडौ । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा (एमाले) का केन्द्रीय सचिव योगेश भट्टराईले जिल्लामा संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।
निर्वाचनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्न राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले सो कोषको घोषणा गरेका हुन् ।
उनले ताप्लेजुङ संगीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका विभिन्न भागमा रहेका संगीत प्रेमीलाई सोही कोषमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् । उनले संगीत प्रतिष्ठानका लागि सुरुमा तीन लाख रुपैयाँ कोषमा राखेका हुन् । जिल्लाको गीत संगीत क्षेत्रको विकासका लागि स्थापना भएको यो नै पहिलो कोष हो ।
त्यस्तै पत्रकारिता क्षेत्रको विकास र जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि दुई लाख रुपैयाँको अक्षय कोष घोषणा गरेका छन् । जिल्लास्तिथ पत्रकारसंग सम्बन्धित संस्था तथा पत्रकार महासंघमार्फत पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम, गोष्ठी तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी उनले दिए । पत्रकारितालाई व्यवसायीक बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि महत्वपूर्ण भएको उल्लेख गर्दै कोष स्थापना गरेको उनले बताए । कोषको रकम क्रमस बढाउने योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार