पोखरामा मधुमेह र थाइराइडको निःशुल्क जाँच

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० र नेवाः मिसा पुचः पृथ्वीचोक पोखराको संयुक्त आयोजनामा शनिबार मधुमेह तथा थाइराइडसम्बन्धी निःशुल्क रक्त जाँच शिविरको आयोजना गरियो ।

शिविरमा ४०३ जनाको निःशुल्क रक्त जाँच गरिएको थियो । कार्यक्रममा पेट तथा कलेजो रोग विशेषज्ञ डा सुवास भट्टराईले यस्ता शिविरबाट समयमै रोग पत्ता लाग्ने र समयमै उपचार भएर रोग निको हुने बताए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रमअन्तर्गत गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पु¥याउन विभिन्न संघ, संस्थासँगको सहकार्यमा यस प्रकारका शिविर आयोजना गरिँदै आएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार