एमालेले ताजा जनादेशपछि कामचलाउ सरकारले गरेका कुनै पनि निर्णयको जिम्मेवारी नलिने बताउँदै आएको छ । नियुक्ति, सरुवा, बढुवाजस्ता कुनै पनि महत्वपूर्ण निर्णय कामचलाउ सरकारले नगर्ने विश्वव्यापी प्रचलन रहेको भन्दै एमालेले पटक-पटक सरकारलाई सचेत गराउँदै आएको छ ।
त्यसैले प्रदेश प्रमुख नियुक्तिलगायत कुनै पनि नियुक्तिलाई जुनसुकै वेला फेरबदल गर्ने बाटो खुला राख्ने गरी एमाले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी तोक्ने विषयमा सरकारको दायित्व भन्दै पन्छिएको छ ।
‘हामीले आफ्नो अडान राख्दै आएकै छौँ, अहिले सरकारले गर्ने नियुक्ति र निर्णय भोलि के हुन्छ अहिले हामी भन्दैनौँ,’ रावलले भने, ‘भोलिको भोलि नै हुन्छ, तर अहिले सरकारले नयाँ सरकार गठनको बाटो छिटो खोल्नुपर्छ । नयाँ पत्रिकामा यो खबर छ ।