प्रेस काउन्सिलको टोली अष्ट्रेलियामा छलफल गर्दै

७ नोभेम्बर, अष्ट्रेलिया । अष्ट्रेलियामा भ्रमणमा रहेको पाँच सदस्यीय प्रेस काउन्सिलको टोलीले राजदूतावासका साथै विभिन्न संघ संस्थाहरुसँग छलफल गरेको छ ।

भ्रमण टोलीले अष्ट्रेलियाका लागि नेपाली राजदूतावास, अष्ट्रेलियन प्रेस काउन्सिल, अष्ट्रेलियन मिडिया संस्थाहरु, अन्तराष्ट्रिय पत्रकार महासंघको एशिया प्यासिफिक हेडक्वार्टर, एनआरएनए अष्ट्रेलिया, अष्ट्रेलियास्थित नेपाली पत्रकारहरुसँगका छुट्टाछुट्टै छलफल गरेको हो ।

भेटघाटमा अष्ट्रेलियाको मिडिया र नेपाली मिडियाको सम्बन्ध । अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको अवस्थाका बारेमा छलफल गरिएको थियो ।

प्रतिनिधिमण्डलमा नेपाल पत्रकार महासंका अध्यक्ष गोविन्द अचार्य, प्रेस काउन्सिल सदस्य सुदर्शन आचार्य, संगीता खड्का, शुभेच्छा विन्दु तथा काउन्सिलका वरिष्ठ प्रविधि सूचना अधिकृत रामशरण बोहरा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार