ज्यान मार्ने उद्योगका ३ अभियुक्तलाई ५ बर्षको जेल सजाय


ओखलढुंगा । जिल्ला अदालत ओखलढुंगाले ज्यान मार्ने उद्योगका तीन अभियुक्तलाई पाँच बर्षको जेल सजाय तोकेको छ ।

पारस मगर, बुद्ध मगर र सुजन मगरलाई पाँच बर्षका लागि जेल चलान गरिएको जिल्ला अदालत ओखलढुंगाले जनाएको छ ।

घटना यस्तो थियो
सिद्धिचरण नगरपालिका ६ जन्तखानी स्थित चाँगेस्थान मेलामा २०७२ भदौ ११ गते भएको नाचगानका क्रममा धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको अभियोगमा

आक्रमणबाट सोही स्थानका सनद राई, सुमन राई, सनम राई, राजेन्द्र राई, संन्जोग भनिने सुगम राई, बिर्जा तामाङ र माइतीराज राई घाइते भएका थिए । उनिहरुको टाउको, अनुहार र हातमा गहिरो चोट लागेको थियो । मेलामा गएका बेला नाचगान गर्ने क्रममा दुई पक्षबीच बिबाद भएको र सोही क्रममा अभियुक्तले हतियार प्रहार गरेका थिए ।

घटनापछि घाईते माइतीराज राईको किटानी जाहेरीका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । यसै मुद्दामा प्रतिवादी भनिएका अन्य रेनुका मगर, हरि कुमार मगर र शम्भु मगरलाई भने ७२ साल चैत्र ८ गते नै सफाई दिईएको छ । उनीहरु बिरुद्धको मुद्दा अहिले पुनरावेदन अदालतमा बिचाराधीन छ । जेल चलान गरिएका तीन जनालाई भने प्रंहरीले गत बैशाख १७ र १९ गते पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार