कुलोमा एक शिशुको शव फेला


भक्तपुर। मध्यपुरथिमि नगरपालिका मगर गाउँस्थित राजकुलोमा आज एक शिशुको शव भेटिएको छ ।

राजकुलोको नालीमा नवजात शिशु (छोरा) को शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो ।

बिहान नालीमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले शिशुको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएर घटनाबारे अनुसन्धान शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार