अमेरिकाको डीसीमा ‘छक्का पन्जा-२’ हेर्नेको घुइचो

न्यूयोर्क । दीपाश्री निरौलाको निर्देशन तथा दीपकराज गिरि र विभिन्न हाँस्य कलाकारको संलग्नतामा बनाइएको चलचित्र ‘छक्का पन्जा-२’ हेर्न डीसीमा घुइचो हुनुको साथै चलचित्र मन्दिर भरिभराउ भएको छ ।
अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शित भएको उक्त चलचित्र हेर्न दुई दिनदेखि अविरल वर्षा भएता अमेरिकामा जन्मिएका बालबालिकाहरुको साथै बिभिन्न पेशामा संलग्न व्यक्तिहरु,बुवाआमा,हजुरबुवा हजुरआमाहरु समेत चलचित्र हेर्न आएका थिए ।
अधिकांश दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् भने चलचित्रको कथावस्तु दर्शकलाई राम्रो लागेको, समय काटेको थाहा नै भएन, राम्रो चलचित्र हेरुन्जेल मनोरंजन लागेको र चलचित्रमा खारिएका हास्यकलाकार भरिभराउ भएकोले दर्शकले मनोरंजन गरेको बताए l
दर्शकले प्रियंका कार्कीको भूमिका निकै रुचाएको प्रतिकृया दिएका छन् । चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाइ हास्य व्यंग्य शैलीमा उठान गरेकोले मन परेको बताए । अहिलेको बिदेशी जीवन शैलीलाई राम्रोसँग चित्रण गरेको बताए ।

मनोरंजनको दृष्टिकोणले राम्रो, अहिलेका पिढीहरु र पढे लेखेकाहरु विदेश जाने जुन प्रवृति छ यो चलचित्रले पकड गरेको र बढो मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरेको प्रा.डा. गोपी उप्रेती ले बताए । यसैगरी युवा नृत्य निर्देशक नबिन केसीले खारिएका कलाकार भएकोले राम्रो लागको बताए ।
यसैगरी पत्रकार गुणराज लुइँटेलले जीवन शैली कतिको जटिल भै रहेको, कागजी बिबाह र अहिले जुन समस्या छ यसको बारेमा राम्रो प्रस्तुति गरेको बताए l साहित्यकार गोविन्द गिरि प्रेरणाले मनोरन्जनात्मक रहेको प्रतिक्रिया दिए ।

दीपकराज गिरि, प्रियंका कार्की, जितु नेपाल, वर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको राम्रो भूमिका रहेकोले सन्तुष्ट भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार