सुनारको हत्यामा संलग्न २ महिलासहित ५ जना पक्राउ


तनहुँ । तनहुँमा २५ वर्षीय ओम सुनारको हत्यामा संलग्न रहेको आरोपमा दुई महिलासहित पाँच जना पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेहरुमा व्यास ११ भर्याङ्दी बस्ने बर्ष ३२ का ठुने भनिने महेन्द्र गुरुङ, सोही वडा निवासी वर्ष ४२ का ट्वाके माईला भनिने रुपसिंह गुरुङ, सोही स्थान निवासी वर्ष २२ का देवेन गुरुङ, गोरखा धोर्जे ठाटी ५ घर भई हाल व्यास १ गल्बुबेशी डेरा गरी बस्ने वर्ष ३१ की विपना भन्ने निर्मला गुरुङ र वर्ष ३३ की विमला गुरुङलाई प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । विमला र निर्मला दिदी बहिनी भएको बताइएको छ ।

उक्त घट्ना भए लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मनोज पाण्डेको संयोजकत्वमा प्रहरी हवल्दार रामदास उपाध्याय, प्रहरी जवान विष्णु क्षेत्री, प्रहरी जवान जानुका परियार सहितको अनुसन्धान टोली गठन गरी अनुसन्धान थालिएको तनहुँका डिएसपी एवं सुचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

अनुसन्धानको क्रममा कडा मिहिनेत गर्नु पर्यो डिएसपी मल्लले भने ढिलै भएपनि घट्नामा संलग्न व्यक्तिहरु पहिचान गरी पक्राउ गर्न सफल भएका छौं ।

उक्त अनुसन्धान टोलीले दमौली बजार, भादगाउँ, डिहीगाउँ, बैरेनी, अम्रेनी, घाँसीकुवा, छिर्कन, नाहाला, डुम्रेबजार, नयाँपुललगायतको मृतकको घरमासमेत पुग घटनाको बारेमा जानकारी लिएको थियो ।

उक्त घटनामा भए पश्चात प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा ८० जना भन्दा बढि मानिसहरुमा सोधपुछ र अनुसन्धान कार्य थालेको डिएसपी मल्लले बताए ।

गत पुुस १० गते साँझ पख व्यास नगरपालिका वडा नं २ उत्तरशिला लाइनस्थित मिर्लुङ स्टार होटल भित्र निर्मला गुरुङ, बिमला गुरुङसंग मृतक ओम सुनार बसेर मदिरा तथा अन्य खाजा खाँदै गफगाफ चलिरहेको अवस्थामा महिलाहरुको गाउँका दाईहरु ठुने भन्ने महेन्द्र गुरुङ र ट्वाके माईला भन्ने रुपसिंह गुरुङ होटल भित्र आई निहुँ खोजी झगडा गरी आफुहरुलाई कोठामा पठाएको पक्राउ परेका द्धय महिलाहरुले प्रहरी बयान दिएका थिए ।

ओम सुनारलाई घट्नास्थलमा लगि ढुङ्गाले प्रहार गरी हत्या गरेर सो कुरा कोही कसैलाई नभन्नु, मोबाइल सिम निकालेर फालिदिनु भनेका कारण घट्नाको बारेमा कोही कसैलाई नभनि बसेको प्रहरीले नियन्त्रणमा लिएपछि ती महिलाहरुले बताएका थिए ।

ओम सुनारलाई ढुङ्गा प्रहरी गरी मार्ने तथा मार्नको लागि सहयोग गर्ने,घटनालाई लुकाई दबाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुलाई समेत निर्मला गुरुङसहित साथमा लिएरर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्धामा तनहँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार