सरकारविरुद्ध वाम विद्यार्थीको आन्दोलन जारी

काठमाडौं । सरकारविरुद्ध आन्दोलन गर्दै आएको वाम विद्यार्थीले आज सडक बहस कार्यक्रम गर्दैछन् । दिउँसो दुई बजे नयाँबानेश्वरमा युवा नेता तथा वकिलहरुको सहभागीतामा सडक बहस गर्न लागिएको हो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने, निर्वाचन परिणाम छिटो सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै एमाले निकट युवा संघ र अनेरास्ववियु तथा माओवादी केन्द्र निकट वाईसीएल र अखिल क्रान्तिकारीले सरकारविरुद्ध संयुक्तरुपमा दवावमुलक कार्यक्रम गर्दै आएका छन् ।

वाम विद्यार्थीले निर्वाचन आयोग र नेपाल आयल निगमविरुद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले बिहीबार आयल निगममा ज्ञापनपत्र बुझाउनुका साथै बुधबार प्रदशनीमार्गदेखि शान्तिवाटीकासम्म विरोध प्रदर्शन पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार