तराईमा अत्याधिक चिसो बढ्यो,सशस्त्र प्रहरीद्धारा दाउरा बितरण

सप्तरी । तराईमा चिसो बढे सँगै सशस्त्र प्रहरी बलले सर्वसाधारणलाई आगो ताप्नको लागि दाउरा बितरण गरेको छ । सप्तरी स्थित सशस्त्र प्रहरी बल वोर्डर आउट पोस्ट पातोले डाक्नेश्वरी नगरपालिकाको सहकार्यमा दाउरा बितरण गरेको सो कार्यालयका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताए ।

सो कार्यालयको जिम्मेवारी ईलाकामा पर्ने नगरपालिकाको विभिन्न स्थानमा दुई सय क्विन्टल दाउरा बितरण गरिएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए । तराईमा बिगत एक हप्ता देखि बाक्लो हुस्सु र सितलहरको कारण जनजिवन अत्यन्त प्रभावित भएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार