विराटनगर । विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग राखी मोरङ मुस्लिम समाजले आज अपराह्न यहाँ पदयात्रा गरेको छ । सो समाजले विराटनगर बजार परिक्रमा गर्दै ‘राजा विराट्का राजधानी विराटनगरलाई प्रादेशिक राजधानी बनाऊ’, ‘सबै पूर्वाधारयुक्त विराटनगरलाई राजधानी बनाऊ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरेको थियो ।
यसअघि सरकारलाई दवाव दिने उद्देश्यले मुसलान युवाले विराटनगरलाई राजधानी बनाउनुपर्ने माग राखेर एक सातासम्म विराटनगरमा अनशनसमेत गरेको थियो ।