खर्च विवरण बुझाउन अटेरी


नेपालगन्ज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । ५ र ६ नम्बर प्रदेशका बाँके, दाङ, सुर्खेत, जुम्लालगायत जिल्लामा आलटाल भइरहेको निर्वाचन कार्यालयले जनाएका छन्। आजको नागरीक दैनिकमा खबर छ ।

क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका कर्मचारीले पटकपटक विवरण बुझाउन उम्मेदवारको ध्यानाकर्षण गराए पनि उनीहरुले अटेरी गर्दै आएका छन् । गत मंसिर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचनअन्तर्गत बाँकेमा ३ वटा क्षेत्र रहेको प्रतिनिधिसभा र ६ वटा क्षेत्र रहेको प्रदेशसभामा गरी कुल १ सय ३ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका सूचना अधिकारी काशीलाल अधिकारीका अनुसार अहिलेसम्म २ उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । खर्च विवरण बुझाउने दुवैजना नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार