अमरगढी नगरपालिकामा लगाएको ताला ५० दिनपछि खुल्यो


डडेल्धुरा । अमरगढी नगरपालिका कार्यालय डडेल्धुरामा लगाइएको ताला ५० दिनपछि खुलेको छ । बजेट विनियोजन तथा नगरपालिको आफ्नै भवन मापदण्ड विपरित निर्माण भएको भन्दै नेपाली काङ्ग्रेस निकटका वडा अध्यक्षहरुले लगाएको ताला शुक्रबार खोलिएको हो । उनीहरुले नगर प्रमुख विपिन ओझा,कार्यकारी प्रमुख र आर्थिक प्रशासन फाँटका प्रमुखको कार्यलयमा मंसिर १ गते ताला लगाएका थिए । करिब ५० दिनदेखि लागेको ताला सहमतिमा खुलाएको ८ नम्बर वडा अध्यक्ष नरबहादुर साँकीले जानकारी दिए ।

उनका अनुसार नगर प्रमुखले एकलौटी ढङ्गमा बजेट विनियोजन गरेको तथा मापदण्ड विपरित नगरपालिको भवन निर्माण गराएको लगायतका विषयमा असहमति जनाउँदै उक्त निर्णय चाँडै सच्याउने कुरामा नगर प्रमुख ओझा सहमत भएपछि ताला खोलिएको हो । झण्डै ढेड महिनादेखि भएको तालाबन्दीका कारण नगरपालिको विकास बजेट लगायतका महत्वपूर्ण कामहरु सुचारु हुन सकेका थिएन् ।

जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिका कार्यालयमा जनतालेनै निर्वाचित गराएर गएका जनप्रतिनिधिनै तालाबन्दी गर्दै जाँदा सर्बसाधारण आक्रोशमा आएपछि नगरपालिकाको ताला खोल्न थप सहज भएको थियो ।
नवदुर्गा गाउँपलिकाकामा पनि ८ दिनदेखि तालाबन्दी

डडेल्धुराकै नवदुर्गा गाउँपलिकामा पनि तालबन्दी गरिएको छ । सदरमुकाम सार्ने बिषयमा भएको विवादका कारण ८ दिन देखि सो गाउँपालिकामा तालाबन्दी गरिएको हो । हाल सदरमुकाम रहेको ठाउँमा गाउँपालिका सदरमुकाम कायमनै रहनु पर्ने भन्दै स्थानीयले गत १४ गतेदेखि तालाबन्दी गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार