यी हुन् बर्षका उत्कृष्ट ५ फिल्म, कसले जित्यो दर्शकको मन ?

नेपाली चलचित्रको ब्यापारलाई हेर्ने हो भने बर्ष २०७३ को बारेमा निर्माताहरुले गुनासो गर्ने ठाउँ खासै देखिएको छैन । दर्शकको मन छुने खालका चलचित्र बनाउन सकेको खण्डमा व्यापार कमजोर बन्दैन भन्ने उदाहरण केहि चलचित्रले दिए ।

यो बर्ष १ करोड माथिको ग्रस कलेक्शन गर्ने चलचित्रको संख्या पनि कमजोर छैन । बर्षमा बनेका ७ दर्जन बढी चलचित्रमध्ये मिडिया हाइप पाएका, दर्शकले रुचाएका चलचित्रले निराश हुनु परेन । वर्षभरि प्रदर्शनमा आएका मध्ये हामीले यहाँ उत्कृष्ट ५ चलचित्रलाई प्रस्तुत गरेका छौ । यो सूची तयार गर्दा मुख्यतया चलचित्रको व्यापारलाइ पहिलो प्राथमिकता दिइएको छ । साथमा, समिक्षकको समिक्षा, दर्शकको प्रतिक्रियालाई पनि आधार बनाइएको छ । अनलाइनखबरले बर्षभरि प्रदर्शनमा आएका चलचित्रमध्ये उत्कृष्ट ५ चलचित्रलाई यहाँ प्रस्तुत गरेको छः
५. बीर बिक्रम

मिलन चाम्स निर्देशित चलचित्र ‘वीर बिक्रम’ वर्ष २०७३ मा नेपाली दर्शकलाई मन परेको चलचित्र हो । यो चलचित्रमा दयाहाङ राई, अनुप बिक्रम शाही, अर्पण थापा, नाजिर हुसेन र दिया पुनःले मुख्य भुमिका निर्वाह गरेका छन् ।

चलचित्रले नेपाली बक्स अफिसमा राम्रो कमाई मात्र गरेन, निर्माताको लगानी पनि सुरक्षित गरिदियो । गाउँले परिवेशको कथालाई निकै मार्मिक ढंगले उठाएको यो चलचित्रलाई दर्शकले रुचाए । युटुबमा पनि चलचित्रले राम्रो दर्शक पाइरहेको छ । कलाकार अर्पण थापाले निर्वाहा गरेको भूमिका यो चलचित्रमा सबैभन्दा प्रशंसित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार