भ्यानले ठक्कर दिँद दिदिको हातबाट ३ बर्षिया बालिकाको खसेर मृत्यू


भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारमा बा.१० च ४२२९ नम्बरको भ्यानले ठक्कर दिँदा आफ्नो दिदिको हातबाट भुईँमा खस्न पुगेका ३ बर्षिया बालिका खुशी घ्यावाको मृत्यू भएको छ ।

काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ११ वर्षीया लक्ष्मी घ्यावालाई बुधबार ठक्कर दिँदा लक्ष्मीले बोकेकी उनकै ३ महिनाकी बहिनी खुशी घ्यावा हातबाट खसेपछि गम्भिर घाईते भएकी थिईन् । भक्तपुर प्रहरीका अनुसार सिद्धी स्मृति अस्पताल भक्तपुरमा उपचारको क्रममा उनको मृत्यू भएको हो ।

लक्ष्मीको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार