क्यान महासंघको नेतृत्व हेमन्त चौरसियालाई


काठमाडौं । कम्प्युटर एशोसिएन महासंघ (क्यान महासंघ) ले आजबाट औपचारिक रुपमा जिम्मेवारी पाएको छ । बिहिबार अपरान्ह काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरि महासंघको २४ औं साधारण सभाले चयन गरेको हेमन्त चौरसिया नेतृत्वको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।

महासंघको २४ औं वार्षिक साधारण सभाले गत पुष ९ गते हेमन्त चौरसियाको नेतृत्वमा प्रदेश सदस्य सहित सम्पूर्ण कार्यसमिति निर्बिरोध चयन गरेको थियो । कार्यक्रममा निबर्तमान अध्यक्ष ई बिनोद ढकालले नबनिर्बाचित अध्यक्ष चौरसियालाई महासंघको बैठक माइन्युट हस्तान्तरण गरेर जिम्वेवारी सुम्पिएका हुन् ।

यस्तै, महासचिव तथा कोषाध्यक्षले पनि आ–आफ्नो जिम्वेवारी नबनिर्बाचित पदाधिकारीहरुलाई दिएको थियो । २४ औं साधारणसभाले १३ औं कार्यसमितिमा अध्यक्षमा चौरासियासहित उपाध्यक्षमा संस्थागत तर्फबाट विश्वराम बलामी, संस्थागत (महिला)बाट सुनैना पाण्डे घिमिरे, व्यक्तिगत तर्फबाट रोमकान्त पाण्डे र (जिल्ला)अन्तर्गत नवराज कुँवर निर्विरोध निर्वा्चित गरेको छ ।

त्यसैगरी क्यानको महासचिवमा रञ्जित पोदार सचिव पदमा जिल्ला अन्तर्गतको सचिवमा जगनबहादुर गुरुङ र थप एक सचिव पदमा केन्द्रीय कार्यसमिति सदस्यहरुको भोटबाट डा. पवनकुमार शर्मा (व्यक्तिगत) र नारायणबहादुर थापा (संस्थागत) निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार