२२ सिचाई आयोजनाका लागि ३० करोड बजेट

तुलसीपुर । मझौला सिंचाई आयोजना अन्तर्गत दाङका विभिन्न २२ योजनाका लागि ३० करोड रुपैयाँ विनियोजन भएको छ । मझौला सिंचाई अयोजना अन्तर्गत कतिपय कर्मागत योजना पनि रहेको मध्य पश्चिमाञ्चल क्षेत्रीय सिंचाई निर्देशनालय सिंचाई विकास डिभिजन तुलसीपुर दाङले जनाएको छ ।
योजनाहरु न्युनतम दुई लाख देखि करिब ६ करोड सम्मका छन् ।
जसअन्र्गत मायाखोला हेकुलीका लागि एक करोड, लभ्ली सिंचाई आयोजनाका लागि एक करोड दुई लाख, ग्वारखोला सिंचाई आयोजनाका लागि एक करोड ८० लाख, नारायणपुर सिंचाई आयोजना प्रगन्नाका लागि ३ करोड ५४ लाख, सतगैयाँ गासेकुलो सिचाई आयोजनाका लागि ७८ लाख, डुरुवा सिंचाई आयोजनाका लागि एक करोड, पवननगरको कुईरेपानी सिंचाई आयोजनाका लागि ८८ लाख रुपैया छुट्याइएको डिभजन प्रमुख केदार श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरी अश्वारा गनारी कुलो सिंचाई आयोजनाका लागि एक करोड १४ लाख, क्वाङ खोला सिंचाई आयोजनाका लागि २ करोड १२ लाख, पश्चिम लक्ष्मणपुर सिंचाई आयोजनाका लागि ३० लाख, एक्ली गनार सिंचाई आयोजना हेकुलीका लागि पाँच लाख, चौवाखोला विजौरीका लागि एक करोड ५७ लाख, प्रगन्ना सिंचाई आयोजना हेकुलीका लागि ५ करोड ७० लाख, सग्राम सातकुलेका लागि २ लाख, शंकर पीपल सौंडीयारका लागि ३० लाख, उपल्लो कुलो सिंचाई आयोजना मसीनाका लागि एक करोड ६० लाख, भवानी कूलो हापुरका लागि २ करोड, सुकदेवा बैबाङ सिंचाई आयोजनाका लागि एक करोड १३ लाख, गैरीगाउँ सिंचाई आयोजनाका लागि एक करोड १९ लाख, तल्लो डाबर कुलो सिंचाई आयोजनाका लागि २८ लाख, वसन्तपुर सिंचाई आयोजना लालमटीयाका लागि १० लाख र बराखुटी सिंचाई आयोजना लालमटीयका लागि १० लाख बजेट विनियोजन गरिएको छ । यी योजनाहरु सम्पन्न भएमा सयौं विघाह जमिन सिंचीत हुने र लाख भन्दा भढी जनसंख्या लाभान्वित हुने डिभिजन प्रमुख श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार