एजेन्सी । नायिका अनुष्का शर्माले भारतीय क्रिकेटका कप्तान विराट कोहीसँग लामो सयमसम्म प्रेम रोमान्सपछि विबाह गरेपछि बलिउडमा यो जोडी अहिले चर्चाको शिखरमा छ । विराट र अनुष्काको चर्चा चलिरहेका बेला फेरी अर्को हिट जोडी दीपिका पादुकोण र उनका प्रेमी रणवीर कपुरबिचको सम्बन्धले पनि मिडियामा राम्रो स्थान पाइरहेको छ । कारण हो यो जोडीले पनि आफ्नो प्रेमलाई अब सेफ ल्याण्डिगं गर्दैछ । आगामी जनवरी ५ तारिक दीपिका पादुकोणको जन्मदिनको अवसरमा दीपिका र रणबिरले इन्गेजमेन्ट गर्ने तयारी गरेका छन् ।
यो जोडीले आफ्नो इन्गेजमेन्ट श्रीलंकामा गर्ने भएको छ । उक्त जन्मदिनको पार्टीमा सहभागी हुन् रणबिर सिंहको परिवार पनि श्रीलंका पुगिसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।