भक्तपुरमा सवारी दुर्घटना, तीन महिने शिशुको ज्यान गयो


काठमाडौं । भक्तपुरको पाण्डुबजारमा भएको सवारी दुर्घटनामा तीन महिने शिशुको मृत्यु भएको छ ।

सूर्यविनायक नागरपालिका ६ पाण्डुवजारबाट सुन्दरवस्तीतर्फ आउँदै गरेको बा १० च ४९२९ को भ्यानले ११वषर्ीया लक्ष्मी ध्यावालाई ठक्कर दिएको थियो ।

स्थानीय सरोज ध्यावाकी छोरी लक्ष्मीले तीन महिनाकी शिशुलाई बोकेकी थिइन् । भ्यानले लक्ष्मीलाई ठक्कर दिँदा ३ महिनाकी खुसी खस्न पुगिन् ।

घटनामा घाइते भएकी उनलाई तत्काल सिद्धि स्मृति अस्पताल पुर्‍याइएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारी र चालक किशोरकुमार सुकुभुटुलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार