बीबीसी। इरानी प्रशासनले देशका केही दिनदेखि चलिरहेको सरकार विरोधी प्रदर्शनलाई अन्त्य गर्न आफ्नो प्रयासलाई तीव्रता दिएको छ।
रिभोल्यूशनरी गार्डस्का प्रमुख मोहम्मद अली जाफरीले विरोध प्रदर्शनलाई नियन्त्रण गर्न सैन्य शक्ति बढाइएको बताए। उनले सो प्रदर्शनलाई ‘नयाँ देशद्रोह’ को संज्ञा दिएका छन्। उनले अब अशान्ति समाप्त हुने दिशामा रहेको बताएका छन्।
सामाजिक संजालमा प्रदर्शनको समाचार आइरहेपनि फिल्डमा भने पहिलोको जस्तो अवस्था नरहेको बताइएको छ। पेरिस र ब्रसेल्समा बस्ने इरानबाट निर्वासित भएका केही मानिसले प्रदर्शन गरी युरोपको ध्यान खिच्ने प्रयास गरेका छन्। पेरिसमा रहेका मानिसले इरानी दूतावास बाहिर नेशनल काउन्सिल अफ रेसिस्टेन्स अफ इरानका प्रवक्ता अवचीन अल्वीले भने, ‘इरानमा भइरहेको प्रदर्शन घरबाटै सुरु भएको हो। तर, अब यसलाई अन्तर्राष्ट्रिय समर्थन आवश्यक छ।’
यसैबीच संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोगका उच्चायुक्त जैद राद अल हुसेनले सुरक्षाकर्मीको प्रहारबाट बच्न आन्दोलनकारीसँग अपील गरेका छन्। जैद राद अल हुसेनकी प्रवक्ता एलिजाबेथ थासेल्सले रोयटर्ससँग कुरा गर्दै विगत एक हप्तामा इरानमा भएको प्रदर्शनमा २० भन्दा धेरैको ज्यान गएको रिपोर्ट प्राप्त भएको बताइन्।
सो प्रदर्शनमा सयौंलाई नियन्त्रणमा लिइएको छ। सुरक्षाकर्मीसँगको गत बिहीबार मसहाद सहरबाट सुरु भएको थियो। जसमा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ।
सुरुमा प्रदर्शन महंगाी र भ्रष्टाचारका विरोधमा सुरु भएको थियो। तर, पछि सो प्रदर्शन सरकार विरोधीका रुपमा विकास भयो।
२००९ मा भएको विवादस्पद राष्ट्रपति चुनावपछि यो प्रदर्शन सबैभन्दा ठूलो हो।
रिभोल्यूशनरी गार्डस्का प्रमुख मोहम्मद अली जाफरीले भने, ‘आज के भन्न सक्छौं भने यो ९६ देशद्रोहको अन्त्य हो’, उनले भने, ‘सुरक्षालाई लिएर हाम्रो तयारी र जागरुक मानिसहरुले ‘दुश्मन’लाई हराए।’
जनरल जाफरीको यो बयान इरानका सर्वोच्च नेता अयातुल्ला अली खामनेईको बयानसँग मिल्दोजुल्दो छ। अयातुल्ला अली खामनेईले कसैको नाम नलिइक दुश्मनलाई दोष दिएका थिए। संचारमाध्यमहरुले उनको इसारा, अमेरिका, इजराइल र साउदी अरबतर्फ हो भनेका छन्।
जनरलले यो प्रदर्शनकालागि एक पूर्व अमेरिकी अधिकारीलाई दोषी ठहर्याएका छन्। जनरलको सो इसारा पूर्व राष्ट्रपति महमूद अहमदीनेजादतर्फ थियो। विगत केही हप्तादेखि सरकारी अधिकारीहरुले न्यायपालिका प्रमुख अमोनी लारजनीको आलोचना गरिहेका छन्।
इरानको सरकारी टेलिभिजनले केही र्यालीको प्रशारण गरेको थियो। सो र्यालीमा मानिसहरुले इरानी झण्डा र सर्वोच्च नेता अयातुल्ला अली खामनेईको तस्बीर बोकेका थिए।
सरकारी टेलिभिजनका अनुसार मध्य इस्फहान प्रान्तमा एक बैंक र प्रहरी चौकीमाथि गोली प्रहार भएको छ । तर, कुनै हातहातको खबर आएको छैन। राजधानी तेहरानमा रातिको समयमा प्रहरीले कडा गस्ती गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार प्रदर्शनकारीको पक्षमा ट्विट गरिरहेका छन्। संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत निकी हेलीले अशान्ति फैलाउन बाहिरी दुश्मनलाई दोषी ठहर्याउने इरानको दाबीलाई खारेज गरेकी छन्।