नेकपा (एमाले) का शीर्ष नेताहरुले मंगलबार प्रहरीसँगको झडपमा परी घाइते भएका विद्यार्थी नेताको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिनुभएको छ ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीमबहादुर रावल र नेता सुवासचन्द्र नेम्वाङले प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालमा उपचाररत अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महरको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको मतपरिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियुले गरेको विरोध प्रदर्शनमा झडप हुँदा बर्तौला र महर घाइते हुनुुभएको थियो ।
उपाध्यक्ष बर्ताैलाको टाउको र महरको खुट्टामा चोट लागेको छ । बर्ताैलाको टाउकोमा सात टाँका लगाइएको छ ।