‘मिस यूनिभर्स’मा नग्मा

‘मिस नेपाल २०१२’मा ‘मिस अर्थ नेपाल’को उपाधि जित्न सफल नग्मा श्रेष्ठले यो बर्ष अमेरिकाको लस भेगसमा आयोजना हुन लागेको ६६ औं ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नग्माले ‘मिस यूनिभर्स’मा सहभागी हुँदा लगाउने भेषभुषाका केहि अंशहरु प्रस्तुत गरेकी छिन् ।

द हिडन ट्रेजरले आयोजना गरेको ‘मिस यूनिभर्स’को पत्रकार सम्मेलनमा नग्माले यो प्रतिस्पर्धाका लागि गरिरहेको मिहिनेतको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

नग्माले पत्रकार सम्मेलनमा अलंकृत पोशाक, शिरमा मण्डला शैली उपकरणसहित शिष्ट र सौम्य रुपी सेतो परिपूरक बस्त्र लगाएकी थिइन् । जसमा उनी आकर्षक देखिएकी थिइन् । यी बाहेक उनले अन्य केहि पहिरनमा पोज दिइन् ।

मूर्तिकार विजय महर्जनले तयार पारेको पहिरनमा नग्मा विशेष देखिएकी थिइन् । नग्माले यसपटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस यूनिभर्स’मा नेपाली भेषभुषालाई उजागर गर्ने बताइन् । उनले, सबैले आफूलाई विश्वास गरेको भन्दै यो विश्वासलाई निराशामा बदल्न नदिने समेत बताइन् ।

विभिन्न डिजाइनरहरुले तयार पारेका पहिरन नग्माले ‘मिस यूनिभर्स’को स्टेजदेखि पार्टी, दैनिक हुने विभिन्न कार्यक्रममा लगाउनेछिन् । नेपालले पहिलो पटक ‘मिस यूनिभर्स’मा सहभागीता जनाउन लागेको हो । नोभेम्बर २६ मा विश्वको चर्चित प्रतिस्पर्धा आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार