नयाँ सेल्फी एक्स्पर्ट ओपो एफ-फाइभ २८ गते नेपालमा सार्वजनिक हुने

काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ भब्य समारोहबीच कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा आयोजना गरिने उक्त समारोहमा हाल चर्चाको शिखरमा रहेका नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागिता हुने निश्चित भएको छ ।

कार्यक्रममा नेपाल आइडलको उपस्थितीका बारेमा कम्पनीले आफ्नो आधिकारिक सामाजिन सञ्जाल मार्फत जानकारी दिएको हो ।

आधिकारिक फेसबुक पेज मार्फत नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो पोष्ट गर्दै कम्पनीले मिति तथा तिनको उपस्थितिका बारेमा जानकारी दिएको हो ।

नेपाल आइडलका उत्कृष्ट तीनको सन्देश सहितको उक्त भिडियो मार्फत कम्पनीले सामाजिक सञ्जालमा लाइक तथा सेयर क्याम्पेनको पनि घोषणा गरेको छ ।

उक्त भिडियो लाइक तथा सेयर गर्ने मध्यबाट भाग्यशाली तीन जना छनोट गरी कम्पनीले एफफाइभ सार्वजनिक गर्ने समारोहमा सहभागी हुने तथा आकर्षक उपहार जित्ने अवसर समेत प्रदान गर्ने जानकारी दिएको छ । उक्त क्याम्पेन नोवेम्बर ८ देखि १२ सम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार