मेला हेरेर फर्कदा भिरबाट लडेर दुई युवाको मृत्यु

जाजरकोट । जाजरकोटमा मेला हेरेर घर फर्कने क्रममा बुधबार सिस्नेरी भिरबाट लडेर दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कुशे गाँउपालिका–७ नारेका २८ वर्षीय किशोरकुमार सिंह र ३० वर्षीय जनकबहादुर नेपाली छन् । कुशे–५ ढिमेमा पाँच वर्षमा लाग्ने झादेउ मेला हेरेर फर्कने क्रममा उनीहरु भिरबाट लडेको प्रहरीले जनाएको छ । उनीहरु भीरबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार