किसानहरुले सुन्तलाको उचित मूल्य पाएन


काभ्रे । बजार लान सक्ने अवस्था नरहेपछि काभ्रेका किसानहरुले सस्तोमै सुन्तला बेच्न बाध्य भएका छन् । जाडो बढेसँगै तुसारोले सुन्तललाई अत्याधिक क्षति पु¥याउने भएपछि उनीहरुले सस्तोमा सुन्तला बेच्न बाध्य भएका हुन् ।

सुन्तलाको पकेट क्षेत्रमा स्थानीय व्यापारीको सिण्डिकेटको कारणले समेत सुन्तलाको राम्रो बजार आउन नसकेको हो । काभ्रेको पनौती,शंखु उपत्यका, नमोबुद्ध र कोशीपारि, बनेपा नगरपालिकाको साँगा क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र मानिदै आएको छ ।

तर विचौलियाले धेरै फाईदा खाने भएपछि उनीहरुले राम्रो मूल्य पाउन सकेका छैनन् । सुन्तला उत्पादनको दृष्टिकोणले उर्वर रहेको काभ्रेका किसानहरुले सुन्तलाको राम्रो भाउ पाउन नसक्दा समस्यामा परेका छन् ।

काभ्रेको शंखु उपत्यका, पनौती, नमोबुद्ध र कोशीपारिमा सुन्तलको उत्पादन राम्रो हुने गरेको छ । किसानको सिधै राजधानीको बजारमा लगेर सुन्तला बेच्ने सार्मथ्य नहुँदा बिचौलियाले सुन्तलाको मूल्यमा लुट मच्चाउदै आएका छन् ।

काभ्रेमा बार्षिक करोडौको सुन्तला उत्पादन हुने भएपनि शीतभण्डारको अभावमा एकै पटक सुन्तला बेच्ने समस्या हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार