खोटाङको हलेसी बजारमा भएको आगलागीमा ७घरमा क्षति

खोटाङ । गएराति खोटाङको हलेसी बजारमा भएको आगलागी हुँदा चार घरमा पूर्ण र तीनमा आंशिक क्षती भएको छ । हलेसी तुवाचुङ नगरपालिका सात महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राती आगलागी हुँदा मगम सहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षती पुगेको हो । यस्तै अन्य केही घर, पसल तथा होटलमा आंशिक क्षती पुगेको प्रहरीले जनाएको छ । राती साढे सात बजेतिर लागेको आगो करिब तीन घण्टामा नियन्त्रणमा आएको थियो । सुक्खाग्रस्त क्षेत्रमा भएको आगलागी पानी अभावमा नियन्त्रण गर्न समस्या भएपछि बस्तीबीचको घर भत्काएर आगो नियन्त्रणमा लिइएको हो । आगलागीको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार