काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम,साँढे ६ बजे २ दशमलव २ मापन !


काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बुधबार यस वर्षकै कम माप भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहान साँढे ६ बजे काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् । यसअघि पुस १ गते २ दशमलव ८ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम त्यसयता भने बढ्दै गएको थियो ।

राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद पोख्रेलको भनाई छ । यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ८ डिग्रीमा झरेको छ । यस्तै जोमसोमको मंगलबारको न्यूनतम तापक्रम माइनस २ दशमलव २ र जीरीको माइनस २ डिग्री सेल्सियस मापन गरिएको छ । तापक्रम घटेसँगै देशभरि नै चिसो बढेको छ ।

गएको वर्ष यो समयमा माइनस ३ दशमलव ६ डिग्री रहेको जुम्लाको तापक्रम मंगलबार माइनस् ५ दशमलव ८ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले बुधबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंक बदली भए पनि अन्य स्थानको मौसम सामान्यतया सफा रहने मौसमविदको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार