एप्पललाई पछि पार्दै गुगल बन्यो विश्वकै मूल्यवान ब्राण्ड, यी हुन् टप २५ टेक्नोलोजी ब्राण्ड

विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डको नयाँ सूची सार्वजनिक गरेको छ ।

बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्राण्ड फाइनान्सले विश्वका हजारौँ ब्राण्डहरुलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गर्दै वर्षेनी सबैभन्दा मूल्यवान ५ सय ब्राण्डको सूचि सार्वजनिक गर्दछ ।

यो वर्षको सूचिमा गुगलले एप्पलको ५ वर्षदेखिको प्रभुत्वलाई तोड्दै विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ ।

गत वर्ष एप्पलको ब्राण्ड भ्यालू १ सय ४५ अर्ब ९० करोड डलरबाट घटेर १०७ अर्ब १० करोडमा झरेपछि गुगल सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको हो । यी हुन् विश्वका सर्वाधिक मूल्यवान २५ टेक्नोलोजी ब्राण्डहरुः

गुगलः ब्राण्ड भ्यालू १ खर्ब ९ अर्ब ४७ करोड डलर

एप्पलः ब्राण्ड भ्यालू १ खर्ब ७ अर्ब १४ करोड डलर

अमेजनः ब्राण्ड भ्यालू १ खर्ब ६ अर्ब ३९ करोड डलर

एटी एण्ड टी टेलिकमः ब्राण्ड भ्यालू ८७ अर्ब १ करोड डलर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार