तनहुँमा भएको जीप दुर्घटनामा चालकको मृत्यु

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादीमा बुधबार बिहान बलेरो जिप दुर्घटना भएको छ । नारायणगढबाट पोखरातर्फ जादै गरेको ना ४ ख ४४४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिप चालक प्रबिन तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटना परि गम्भीर घाइते तिमिल्सिनाको दमौलीस्थित दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा जिपका सहचालक सामान्य घाइते रहेका छ्न । दुर्घटनामा जिपको अघिल्लो भाग पुरै कुच्चिएको छ । जिप सडकबाट केहि तल खसेको थियोे ।

रातोपाटी संवाददाता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार