डोटी । प्रदेश ७ को प्रदेश राजधानी दीपायललाई बनाउन माग गर्दै अनिश्चितकालीन हड्ताल गरेका छन् । अस्थायी सदर मुकाम धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीबासीले बन्द गरेको हो।
बुधबार बिहान बसेको प्रदेश नं। ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । सरकारले अस्थायी प्रदेश राजधानी औपचारिक रुपमा नतोके पनि यसको प्रस्ताव मंगलबार गरेको थियो । बन्द आह्वान गरेसँगै दिपायल, पिपल्लालगायतका मुख्य बजारहरु बिहानैदेखि बन्द भएका छन । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरु समेत बन्दले प्रभावित भएका छन् ।
एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन चल्न दिने निर्णय भएकाले निर्वाध चलिरहेका छन् ।